मालिका -७ घमिरमा एक दिने एकीकृत घुम्ती सेवा शिविर सम्पन्न



पुस १९ गुल्मी ।
मालिका गाउँपालिकाको आयोजनामा,वडा नम्बर सात घमिरमा एक दिने एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । मंगलवार वडा कार्यालयमा आयोजना गरिएको शिविर बाट विभिन्न प्रकारका सेवा प्रवाह गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त राज भुसालले जानकारी दिए ।
शिविरमा एक सय २० जना किसानलाई परामर्श संगै औषधि वितरण ,३० जनालाई अपाङ्गता परिचयपत्र वितरण ,आँखा शिविर बाट एक सय १२ जनाको आँखा परिक्षण गर्नुका साथै ७० वर्ष भन्दा माथिका ३० जनलाई चस्मा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै एउटा योजनाको सम्झौता समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले जानकारी दिए ।
नागरिकलाई घरछेउमा सेवा पुराउने उदेश्यले एकीकृत घुम्ती सेवा शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए । साथै आगामी दिनमा पनि यस्ता शिविर हरेक वडा टोल-टोलमा आयोजना गर्ने अर्यालले उल्लेख गरे ।
शिविरमा गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल ,वडा अध्यक्ष हिरा बहादुर कार्की , अन्य जनप्रतिनिधि ,कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता