मालिका -७ घमिरका किसानलाई च्याउ खेती सम्बन्धि तालिम प्रदान !



चैत २० गुल्मी ।
मालिका गाउँपालिका सात घमिरका किसानलाई च्याउ खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।
आइतबार वडा भित्रका ४५ जना किसानलाई च्याउ खेती सम्बन्धि आधारभुत तालिम दिईएको हो ।
वडा वासीको चाहाना अनुसार च्याउ खेती सम्बन्धि तालिमको आयोजना गरिएको वडा अध्यक्ष हिरा बहादुर कार्कीले बताए ।
साथै व्यवसायीक रुपमा च्याउ खेती गर्न चाहाने किसानलाई वडाले सक्दो सहयोग गर्ने बताउदै त्यस तर्फ आकर्षित हुन उनले आग्रह समेत गरे ।
त्यस्तै यता सहभागी किसानले पनि तालिमले सहज भएको बताउदै , आगामी दिनमा थप तालिमको व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।
तालिमको सहजीकरण गाउँपालिकाका कृषि शाखाका प्रमुख गोपाल भट्टराई र कमल रसैलीले गरेका थिए ।
वडा अध्यक्ष हिरा बहादुर कार्कीको अध्यक्षता तथा पशु प्राविधिक गोपाल कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता