मालिका : ६१ हजार सहित उपाधी आफ्नै पोल्टामा पार्न आयोजक सफल !



चैत १५ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ४ सैरेपोखरामा सम्पन्न ६१ हजार राशिको भलिबल प्रतियोगिताको उपाधी आयोजकले आफ्नै पोल्टामा पार्न सफल भएको छ ।
न्यु मालिका युवा क्लब मालिका -५ को आयोजनामा तीन दिन सम्म चलेको भलिबल प्रतियोगिताको उपाधीमा आयोजकले कब्जा जमाएको हो ।
उसले फाइनलमा न्यु सनराईज युबा क्लब दर्लिङ्गलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको हो ।
उपाधी सङै उसले ६१ हजार एक सय ६१ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय भएको न्यु सनराईज युवा क्लबले ४१ हजार एक सय ४१ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष लोकेश गिरीले जानकारी दिए ।
खुल्ला भलिबल प्रतियोगितामा ९ समूहले सहभागी जनाएका थिए ।

“खेलाैँ, स्वस्थ बनाैँ मालिका बासिकाे सान कला संस्कृति संरक्षण हाम्राे पहिचान” भन्ने मुल नाराका साथ न्यु मालिका युवा क्लबले खुल्ला भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता