मालिका: सिमलटारी दघाँस अर्खबाङ मोटरबाटो स्तर उन्नतिको लागि चार करोड बजेट विनियोजन



फागुन २९ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ८ को सिमलटारी दघास अर्खबाङ मोटरबाटो स्तर उन्नतिको लागि चार करोड बजेट विनियोजन भएको छ ।
शहरी विकास मन्त्रालय बाट वस्ती विकासका लागि सडक विस्तार कार्यक्रम अन्तर्गत बहुवर्षिय योजनामा छनोट हुदै उक्त विनियोजित भएको हो ।
यस आर्थिक वर्षमा एक करोड र अर्को आर्थिक वर्षमा ३ करोड बजेट छुट्टीएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए ।
यस वर्ष बजेट विनियोजनको लागि पुर्व मन्त्री रामकुमारी झाक्रीले विषेश सहयोग गरेको भन्दै अध्यक्ष अर्यालले धन्यवाद दिए ।

त्यस्तै आगामी वर्षको लागि बजेट विनियोजित ३ करोड बजेट ल्याउन गाउँपालिकाले निकै मेहनत गरेको अध्यक्ष अर्यालले उल्लेख गरे ।
उनले भने “गाउँपालिकाको अथक प्रयासले ठूलो बजेट ल्याउन सफल भयौं । म सबैलाई धन्यवाद दिन चाहान्छु पहल गर्ने प्रधानमन्त्रीका विज्ञ सल्लाहकार बुद्धि जिसीलाई सम्झन चाहन्छु ” ।

सिमलटारी दघाँस अर्खाबाङ मोटोरबाटो गाउँपालिकाको केन्द्र अर्खबाङ सम्म पुग्ने सबै भन्दा छोटो बाटो हो ।
बजेट विनियोजनले दघाँस वासी खुसी भएका छन् ।वर्षामा हिले र हिउँदमा धुलो बाट मुक्ति पाइने अपेक्षा उनीहरुले राखेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता