मालिका मर्भुङ्ग मैदानका विद्यार्थीले पाए चार दिने कथा बुनौ प्रशिक्षण !



चैत ३ गुल्मी ।

मालिका गाउँपालिका -८ स्थित खडक आधारभूत विद्यालयका विद्यार्थीलाई व्याक्तित्व विकास सम्बन्धि कथा बुनौ प्रशिक्षण दिईएको छ ।
क्यानोपी नेपालको आयोजना ,युएसडब्लु र मालिका गाउँपालिकाको सहकार्यमा ४२ जना विद्यार्थीलाई प्रशिक्षण दिइएको कार्यक्रमका संयोजक अंगिरास कार्कीले बताए ।
नेपालको शिक्षा ,सीप तथा नेतृत्व विकास,विविधता र समावेशीकरणको क्षेत्रमा काम गर्दै आएको क्यानोपी नेपालले विद्यार्थीको अन्तर्निहित क्षमता, नेतृत्व तथा आफ्नो कल्पना रचना र भित्री लेख बाहिर ल्याउनको लागी प्रशिक्षण दिइएको हो ।

बिहिवार भएको समापन कार्यक्रममा बोल्दै इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले क्यानोपी नेपालाई विशेष धन्यवाद दिएकी छन । विकटको विद्यालयमा चार/चार दिन सम्म निकै उत्कृष्ट प्रशिक्षण दिएको खत्रीले उल्लेख गरिन । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी खत्रीले क्यानोपी नेपालका प्रशिक्षकले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण योगदान दिएको बताईन ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा वडा अध्यक्ष टीका जिसीले प्रशिक्षणले विद्यार्थीलाई धेरै कुरा सिकाएको बताउदै फेरी पनि यस्तो प्रशिक्षण दिन आग्रह गरे । त्यस्तै विद्यालयका प्रधानाध्यापक भोजराज अर्यालले विकटमा रहेको आफ्नो विद्यालयमा विभिन्न समस्या झेल्दै चार दिन सम्म प्रशिक्षण दिएको बताउदै क्यानोपी नेपालका प्रशिक्षकलाई धन्यवाद दिए । त्यस्तै समापन कार्यक्रममा प्रशिक्षण लिएका विद्यार्थीले आफ्नो कथा तथा प्रतिभा प्रस्तुत गरेका थिए ।

कथा बुनौ कार्यक्रमले  विद्यार्थी सिकाइ उत्साहितका बिच कथा लेखन र कथन लगायतका विविध सिपहरुको अभिवृद्धि गर्ने थप लक्ष्य राखेको छ । चार दिन सम्म चलेको प्रशिक्षणको कार्यक्रममा ,कार्यक्रम सहायक रिया पौड्याल ,कार्यक्रम सहजकर्ता प्रज्ञा सिलवाल र युएसडब्लुका भोजराज अधिकारीले प्रशिक्षण दिएका थिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता