मालिका गाउँपालिका द्वारा नयाँ वर्षको शुभकामना सन्देश, कोभिड १९ प्रती सचेत रहन आग्रह



चैत -३१ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले नयाँ वर्ष २०७८ सालको शुभकामना सन्देश जारी गरेको छ ।
मंगलबार (आज) गाउँपालिका अध्यक्ष रित बहादुर थापाले नयाँ वर्ष २०७८ सालको शुभकामना सन्देश जारी गर्दै सम्पुर्ण गाउँ वासीलाई सु स्वास्थ ,दिर्घायु, समृद्धि एवम् थप प्रगतिको कामना गर्दै शुभकामना सन्देश दिएका हुन ।
साथै शुभकामना सन्देशमा भनिएको छ , “विद्यमान समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड प्रकोपको न्यूनीकरणको लागी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आफु स्वयं नै आफ्नो सुरक्षा प्रती बढी जिम्मेवार र संवेदनशिल हुनुहुनेछ भन्ने अपेक्षा राख्दछु ” ।
गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले हस्ताक्षर गरेको शुभकामना सन्देशमा गाउँपालिकाको विकासको निम्ति गाउँवासीको अर्थपूर्ण, सकारात्मक र सृजनशिल सहभागीताको अपेक्षा समेत रहेको उल्लेख गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता