मालिका गाउँपालिकामा लम्पी स्कीन रोग विरुद्ध खोप लगाईदै !



जेठ १४ गुल्मी ।
पछिल्लो समय किसानलाई आतंकित पार्ने गरि फैलिएको लम्पी स्कीन रोग विरुद्ध मालिका गाउँपालिकाले खोप अभियान सुरु गरेको छ ।
गाउँपालिकाको विपद व्यवस्थापन समितिको निर्णय अनुसार पहिलो चरणमा एक हजार डोज खोप खरिद गरि आठ वटै वडामा लगाउन सुरु गरिएको गाउँपालिकाका पशु प्राविधिक अर्जुन थापाले बताए ।

पहिलो चरणमा जोत्ने गोरू र दुध दिने पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
हरेक वडामा एक/ एक जना प्राविधिक खटाई खोप तथा उपचारमा गाउँपालिकाले लागिपरेको उपाध्यक्ष उपेन्द्र अर्यालले बताए । अहिले सम्म छ सय १५ भन्दा धेरै पशुलाई खोप लगाईएको छ ।

यो रोगको कुनै प्रभावकारी उपचार नभएकोले लक्ष्यण नदेखिका पशुहरुमा भ्याक्सिन(खोप) लगाउने र लक्ष्यण देखिएका पशुहरुमा सामान्य औषधि उपचार गरेर घाउ निको पार्ने ,ज्वोरो कम गराउने तर्फ गाउँपालिका लागेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले उल्लेख गरे ।

यो समय किसानहरुको दिन खेतबारीमै बित्ने हुँदा बिहान र साझको समयलाई सदुपयोग गरि खोप लगाउने कार्यलाई तिब्रता दिईएको वडा नम्बर आठ मर्भुङ्गमा खोप लगाईरहेका पशु प्राविधिक नोख बहादुर पौडेलले बताए ।

रोग प्रती सचेत रहन गाउँपालिकाले किसानलाई आग्रह गरेको छ । रोगको परिचय,लक्ष्यण,सर्ने तरिका, रोगको संका लागेमा के गर्ने र फार्मको सुरक्षा कसरी गर्ने भन्ने विषयमा किसानलाई सचेत गराउनुका साथै आवश्यक परेको खण्डमा पालिकाले खोप उपलब्ध गराउन सक्ने बताउदै किसानलाई नडराउन मालिका गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

खोप लगाउन सुरु गरे संगै किसानले पनि राहतको महसुस गरेका छन् ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता