मालिका गाउँपालिकामा नि :शुल्क आँखाको परिक्षण सुरु



सन्तोष महतारा -फागुन २ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकामा आज देखी नि ःशुल्क आँखा शिविर संचालन भएको छ । आज गाउँपालिकाको वडा नम्बर २ दर्लिङ्गमा रहेको च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा नि ः शुल्क आँखा परिक्षण गरिएको मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तराज भुषालले जानकारी दिए । आईतवार च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा ८८ जनाले आँखाको परिक्षण गराएका छन् ।

 

 

जसमा ६ जनालाई मोतियाविन्दुको समस्या देखिएको छ । २५ जनालाई चस्मा वितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ । मोतियाविन्दु देखिएकाहरूलाई यहीं फागुन १० गते सिमलटारीमा नि ःशुल्क आँखाको शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले बताए । त्यस्तै भोली फागुन ३ गते वडा नम्वर पाँच छापहिलेमा रहेको छाप सामुदायिक स्वास्थ्य इकाईमा आँखाको नि ःशुल्क आँखाको परिक्षण गरिने छ । त्यस्तै फागुन ४ गते गाउँपालिकाको वडा नम्बर ६ अर्जैमा रहेको कुमालगाउँ सामुदायिक स्वास्थ्य ईकाईमा निशुल्क आँखा परिक्षण हुनेछ । आज गाउँपालिकाको वडा नम्बर २ दर्लिङ्गमा रहेको च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा निशुल्क आँखा परिक्षणको गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले उद्धघाटन गरेका हुन ।

कार्यक्रमकको संचालन दर्लिङ्ग स्वास्थ्य चौकीका इञ्चार्ज ओम बहादुर भण्डारी मगरले गरेका थिए । कार्यक्रममा स्वागत मनतब्य गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त राज भुषालले राखेका थिए । आँखाको रोगसम्बन्धी उपचार जिल्ला आँखा उपचार केन्द्र तम्घसाका प्रमुख सुर्य बहादुर बस्नेतले गरेका थिए । नि ःशुल्क आँखा शिविर मालिका गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको प्राविधिक सहयोगमा संचालन भइरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता