मालिका गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु



पुस १७ गुल्मी ।

जिल्लाको मालिका गाउँपालिकाले टोल -टोलमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।
आज पहिलो दिन गाउँपालिकाको वडा नम्बर – २ मा रहेको दर्लिङको, दर्लिङ्ग स्वास्थ्य चौकी बाट अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त राज भुसालले जानकारी दिए ।
त्यस स्वास्थ्य चौकी बाट आज ११ जनाले अपाङ्गता परिचयपत्र पाएका छन ।
११ जना मध्ये “क” वर्गको तीन जना, “ख” वर्गको पाँच जना, “ग”वर्गको दुई र “घ” वर्गको एक जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेको परिचयपत्र वितरणकी संयोजक तारा अर्यालले जानकारी दिईन ।
परिचयपत्र प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले आगामी दिनमा पनि गाउँपालिकाले यसरी टोल टोलमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्ने बताए ।
त्यस्तै गाउँपालिका अध्यक्ष देवीराम अर्यालले “क ” र “ख” वर्गको अपाङ्गता परिचयपत्र पाउनेले राज्य बाट सेवा सुविधा पाए पनि “ग” र “घ” वर्गकाले सेवा सुविधा नपाउने व्यवस्था रहेको तर गाउँपालिकाले उनीहरुको अवस्था ,इच्छा अनुसार आय आर्जनको लागि विभिन्न सिपमुलक काम गर्ने बताए ।

 भोलि पुस १८ गते गाउँपालिकाको कार्यालय अर्खबाङ र पुस १९ गते वडा नम्बर सात घमिरको वडा कार्यालय बाट अपाङ्गता परिचयपत्र वितरण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त भण्डारीले बताए  ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता