मालिका गाउँपालिकाको दोस्रो गाउँ सभा सुरु !



पुस २१ गुल्मी ।

मालिका गाउँपालिकाको आज देखि दोस्रो गाउँ सभाको दोस्रो अधिवेशन आज देखि सुरु भएको छ ।
आज पहिलो दिन गाउँपालिका अध्यक्ष देवीराम अर्यालले गत आर्थिक वर्षको वित्तीय प्रगति विवरण ,यस आर्थिक वर्षको वित्तीय प्रगति विवरण सङै हाल सम्म भएका मुख्य काम ,पारित भएका कार्यविधि सभामा प्रस्तुत गरेका थिए ।
त्यस्तै विभिन्न वडा बाट रकमान्त्तरको लागि प्रस्ताव समेत पेस गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले जानकारी दिए ।

साथै सभाले गाउँपालिका स्तरीय दुई वटा समिती गठन गरेको छ । लेखनाथ अर्यालको संयोजकमा सुशासन समिती गठन गरिएको गाउँपालिका प्रबक्ता ज्ञान कुमार बुढा मगरले जानकारी दिए । जसको सदस्यमा चुरामणी घर्ती र समिपा सुनार रहेका छन् ।
त्यस्तै मान बहादुर विश्वकर्मा संयोजक रहने गरि लेखा समिति गठन गरिएको छ । जसको सदस्यमा सुर्य बहादुर थापा र सीता विष्ट रहेका छन ।

सभामा वडा नम्बर ५ का वडा अध्यक्ष रेखा कुमार जिसी, ६ का वडा अध्यक्ष दीपक भण्डारी , वडा सदस्य लेखनाथ अर्याल ,सुर्य बहादुर थापा लगायतले आफ्ना जिज्ञासा् राख्नुका साथै घोषणा पत्र अनुसार काम गर्न सुझाव समेत दिए ।
सभामा उठेको जिज्ञासाको जबाफ दिदै अध्यक्ष अर्यालले चुनावी घोषणा पत्र अगाडि राखेरनै बजेट बनाए बताए । साथै आगामी दिनमा पनि सबैको सल्लाह सुझाव लिएर गाउँपालिका अगाडि बढ्ने अर्यालले उल्लेख गरे ।
अधिवेशन पुस २६ गते सम्म चल्ने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता