मालिका गाउँपालिकाका ५० जना स्वास्थ्यकर्मीलाई बृहत पोषण सम्बन्धि तालिम प्रदान



मङ्सिर -८ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाको आयोजनामा स्वास्थ्यकर्मीलाई बृहत पोषण सम्बन्धि दोस्रो चरणको सात दिने तालिम सम्पन्न भएको छ ।
स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण सम्बन्धि विशेष क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए ।

सात दिन सम्म चलेको तालिममा पोषण सम्बन्धि बृहत प्याकेज कार्यक्रमको बारेमा स्वास्थ्यकर्मीलाई प्रशिक्षित गराईएको थियो ।
स्वास्थ्यकर्मीले कुपोषित बालबालिकाको खोजि गर्ने ,उपचार गर्ने र पोषणको स्थिति बुझनुका साथै पोषण मैत्री स्वास्थ्य सस्था बनाउन तालिमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताईएको छ ।

साथै यस बृहत पोषण तालिमले गाउँपालिकालाईनै कुपोषण मुक्त गाउँपालिका घोषणा गर्न टेवा पुराउने अपेक्षा समेत गाउँपालिकाले लिएको छ ।
पहिलो र दोस्रो गरी दुई चरणमा सञ्चालन गरिएको तालिममा मालिका गाउँपालिका भित्रका ५० जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो । तालिमको सहजीकरण गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसाल र दर्लिङ स्वास्थ्य चौकीका इन्चार्ज ओम भण्डारी मगरले गरेका थिए ।

बुधबार समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले तालिममा सिकेको सिप व्यहारमा उतार्न स्वास्थ्यकर्मीलाई अनुरोध गरे । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष देवा अर्याल , प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले पनि तालिम सञ्चालन गर्नु आफैंमा महत्त्वपूर्ण भएको बताउदै तालिमले गाउँपालिकालाई कुपोषण मुक्त गाउँपालिका घोषणा गर्न मद्धत पुराउने अपेक्षा गाउँपालिकाको रहेको उल्लेख गरे ।
आज समापन कार्यक्रम गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाको अध्यक्षता र सञ्चालन स्वास्थ्य संयोजक बसन्त भुसालको रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता