मालिका गाउँपालिकाका १०० दिन !



भदौ १२ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाका जनप्रतिनिधिले एक सय दिन पूरा गरेका छन ।
जेठ ६ गते अध्यक्ष देवीराम अर्याल र उपाध्यक्ष उपेन्द्र अर्याल सहित अन्य जनप्रतिनिधिले पदभार ग्रहण गरेका थिए ।
विपक्ष पार्टीलाई पत्तासाफ पारेर सिङ्गो गाउँपालिकानै जितेको गठबन्धनलाई धेरैले चासोका साथ हेरेका छन । जनताका सामु आकर्षक एजेन्डा देखाएर निर्वाचन जितेको गठबन्धनले सय दिनमा केके काम गरे त ?

पदभार ग्रहण गरेको सय दिन सम्मको अबधिमा विभिन्न क्षेत्रका विज्ञहरूको सुझाब, सल्लाह लिने,भेटघाट गर्ने , जनताका समस्या अझ गहन तरिकाले बुझ्ने र स्थानीय सरकार सञ्चालन ऎनको बारेमा व्यापक परामर्श गरिएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए । सबै जनप्रतिनिधि नयाँ भएका कारण केहि समय अध्ययनमा खर्चिएको अध्यक्ष अर्यालको तर्क छ ।
विशेषगरी सुरुवाती समय भएको कारण योजनाहरु अगाडि बढाउने र कार्यान्वयनको काम सुरु गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर तीनका वडा अध्यक्ष ज्ञानकुमार बुढाले बताए ।
सय दिनको अबधिमा निर्वाचनमा गरिएको बाचा अनुसार जनताको टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सबै वडामा टोल टोलमा पुगेर ९० जनालाई ८ लाख रुपैयाँ बराबरकोको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । टोल टोलमै भत्ता पाउँदा नागरिकहरु खुसी भएका छन । भत्ता लिन बैक सम्म जान नसक्दा मालिका गाउँपालिका तीन कि ९५ वर्षीया देवी कुमारी घर्तीले अघिल्लो आर्थिक वर्षको कुनै पनि किस्ता नपाएकी घर्तीलाई गाउँपालिकाले घरमै पुगेर एकमुष्ट ४८ हजार प्रदान गरेको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण शाखाका फिल्ड सहायक चन्द्र श्रीसले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले केही महत्त्वपूर्ण योजना पनि अगाडि बढाएको छ । पाँच वर्ष भित्र सबै नागरिकको घर घरमा खानेपानीको धारा पुराउने योजना अनुसार अहिले वडा नम्बर चार बाट काम सुरु गरिएको गाउँपालिकाका प्रशासन अधिकृत असर जिसिले बताए । जसका लागि संघिय र संघीय ससर्त अनुसार एक करोड पचास लाख बजेट विनियोजन भएको जिसिले बताए । त्यस्तै गरि गाउँपालिका भित्रका मुख्य गरी दुई वटा सडकका ग्राभेल प्रक्रिया सुरु भएका छन । नेटा, दर्लिङ, गङगरे सडकको ग्राभेलको लागि संघिय विशेष अनुदान बाट १ करोड ८० लाख र प्रदेश समपुरक र गाउँपालिकाको सम्मान ५०र५० लाख लगानी रहेने छ । जसबाट ३२ सय मिटर बाटो ग्राभेल हुने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए । त्यस्तै फुलबारी, चोरकाटे, अर्जै, सडकको ग्राभेलको लागि प्रदेश समपुरक बाट ५० लाख र लुम्बिनी प्रदेशको ५० लाख गरि कुल एक करोडमा १३ सय मिटर सडक ग्राभेल गर्ने प्रक्रिया अगाडि बढेको छ ।

वडा नम्बर चारमा अतिथि गृह निर्माणको प्रक्रिया अगाडि बढाईएको छ भने गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कार्यले पनि गति लिएको छ । गाउँपालिकाले एक करोड ३० लाख बजेट विनियोजन समेत गरेको छ ।
त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम बाट वडा सङ साझेदारी गरेर प्रभावकारी ढंगले काम अगाडी बढाउने निर्णय गरिएको रोजगार संयोजक खेमराज गैरेले बताए ।
रकम फृज जान नदिन विपद व्यवस्थापनको कोष बनाउने र आवश्यकता अनुसार विपदको रकम प्रयोग गर्ने कार्यविधि सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले जानकारी दिए । साथै प्रावी तहमा शिक्षक बैंक बनाएर शिक्षक नियुक्ति गर्ने प्रक्रिया समेत अगाडी बढेको भण्डारीले उल्लेख गरे ।

स्वास्थ्य क्षेत्र तर्फ विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम कार्यनयनको प्रक्रिया सुरु गरिएको स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए । जस बाट विपन्न परिवारले स्वास्थ्य बिमा गर्दा ५० प्रतिशत अनुदान पाउने भुसालले बताए ।

त्यस्तै गाउँपालिकाको पशु शाखाले ल्याप सञ्चालन गर्ने तयारी पूरा गरेको छ । ल्याप सञ्चालनमा आए संगै गोबर र गर्भ परिक्षण हुने पशु प्राविधिक अर्जुन थापाले जानकारी दिए ।
शिक्षा क्षेत्र तर्फ स्थानीय पाठ्यक्रम निर्माणको कार्यलाई अगाडी बढाईएको र मस्यौदा उपर गाउँपालिका भित्र र बाहिरका विज्ञहरु सङ परामर्श लिएर त्यसलाई थप प्रभावकारी बनाउने काम भैइरहेको गाउँ पालिकाका शिक्षा शाखाका सुरज जिसिले जानकारी दिए । आगामी शैक्षिकसत्रमा सबै विद्यार्थीको हातहातमा पुस्तक पुराउने गरि काम सुरु गरिएको छ ।

यता लेखा शाखाले सुरु गरेको विद्युतीय भुक्तानी प्रणालीलाई निरंतरता दिने , अघिल्लो आर्थिक वर्षमा जिल्लामा कम बेरुजु आउने स्थानीय तहमा दोस्रो भएको र यो आवमा पहिले बन्ने अठोटका साथ सेवा प्रवाह गर्ने लेखापाल रामकुमार केसीले बताए । साथै वित्तीय सुशासन र पारदर्शितामा गाउँपालिकालाई अब्बल बनाउने केसीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता