मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत् पोषण सम्बन्धि तालिम प्रदान



१ मंसिर, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाको आयोजनामा स्वास्थ्यकर्मीलाई बृहत पोषण सम्बन्धि सात दिने तालिम दिइएको छ ।
स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको तालिम अन्तर्गत बृहत् पोषण सम्बन्धि विशेष क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले बताए ।

सात दिनसम्म चलेको तालिममा पोषण सम्बन्धि बृहत् प्याकेज कार्यक्रमको बारेमा स्वास्थ्यकर्मीलाई प्रशिक्षित गराईएको थियो । स्वास्थ्यकर्मीले कुपोषित बालबालिकाको खोजि गर्ने, उपचार गर्ने र पोषणको स्थिति बुझ्नुका साथै पोषणमैत्री स्वास्थ्य सस्था बनाउन तालिमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताईएको छ ।

साथै यस बृहत् पोषण तालिमले गाउँपालिकालाई नै कुपोषण मुक्त गाउँपालिका घोषणा गर्न टेवा पुराउने अपेक्षा समेत गाउँपालिकाले लिएको छ ।

तालिममा मालिका गाउँपालिका भित्रका ३० जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो । तालिमको सहजीकरण गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसाल र दर्लिङ स्वास्थ्य चौकीका इन्चार्ज ओम भण्डारी मगरले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता