मालिका गाँउपालिकामा स्वास्थ्य विमा कार्यक्रमको सुरुवात



डि.बी खड्का माघ २९ ।

केही दिन अघि परराष्ट मन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मी जिल्लालाई ५१ औँ जिल्लाको रुपमा स्वास्थ्य बिमा कार्यक्रम घोषणा गरे संगै गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सोही अनुरुप बुघवार जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका गाँउ पालिकाले पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । वडा नम्वर ६ अर्जै बाट वडा अध्यक्ष शोभाखर गिरीले स्वास्थ्य बिमा गराई कार्यक्रमको सुरुवता गरेका हुन । वडा अध्यक्ष गिरी ,स्वास्थ्यकर्मी सहित ११ जनाले स्वास्थ्य विमा गराएका छन् ।

साथै स्थानीयलाई स्वास्थ्य बिमा कार्यक्रमको बारेमा जानकारी समेत गराईएको छ । पाँच सदस्य भएको परिवारले वार्षीक ३५ सय रुपैयाँ तिरेमा मान्य प्राप्त स्वास्थ्य संस्थाबाट एक लाख रूपैयाँसम्मको औषधी तथा सेवा सुविधा पाउने व्यवस्था रहेको छ ।

त्यस्तै यता वडा अध्यक्ष गिरीले स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी ढङ्खग बाट अगाडी बढाउन सबैलाई आग्रह गरेका छन् । “पछिल्लो समयमा सर्ने रोगले भन्दा नसर्ने रोगले मानिसको अकालमा ज्यान जाने गरेको बताउदै यस बाट सचेत रहन पर्ने उल्लेख गरे ” । स्वास्थ्य विमा कार्यक्रमको फाइदा लिन आम अर्जे बासीलाई उनले अनुरोध समेत गरेका छन् । वडा नम्वर ६ अर्जेमा ६ सय ३२ घरधुरी बसोबास गर्ने गर्दछन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता