मालिकामा ६१ हजार राशिको खुल्ला भलिबल प्रतियोगिता हुँदै



चैत ७ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

“खेल खेलाैँ, स्वस्थ बनाैँ मालिका बासिकाे सान कला संस्कृति संरक्षण हाम्राे पहिचान” भन्ने मुल नाराका साथ स्थानीय न्यु मालिका युवा क्लबले भलिबल प्रतियोगिता सहित विविध कार्यक्रमको आयोजना गरेको हो ।
खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले ६१ हजार एक सय ६१ नगदसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुनेले ४१ हजार एक सय ४१ मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष लोकेश गिरीले जानकारी दिए ।
त्यस्तै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले सँराय नाच प्रतियोगिताको पनि आयोजना गरिएको छ ।
जसमा प्रथम हुने समूहले नगद ५,५५५ र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै द्वितीय स्थान प्राप्त गर्ने समूहले नगद रु.३,३३३ र प्रमाणपत्र प्रदान गरिने छ।
साथै व्यक्तिगत रुपमा उत्कृष्ट सँराय नाच नाच्ने १५ जनालाई मायाकाे चिनाे प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै एकल नृत्य तर्फ प्रथम हुनेले ४,४४४ प्रमाणपत्र प्राप्त गर्दा ,द्वितीय हुनेले ३,३३३ र तृतीय हुनेले २,२२२ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन ।

प्रतियोगिता चैत १३,१४ र १५ गते मालिका गाउँपालिका वडा नम्बर ४ र ५ को संगम स्थल सैरेपोखरामा सञ्चालन हुनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता