मालिकामा फरक क्षमता भएकालाई नि: शुल्क मुढा बुन्ने तालिम प्रदान



जेष्ठ ३ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका भित्रका फरक क्षमता (अपाङ्गता) भएका व्याक्तिहरुलाई नि :शुल्क मुढा बुन्ने तालिम प्रदान गरिएको छ ।
मालिका गाउँपालिका र आशा अपाङ्ग केन्द्र तम्घासको साझेदारीमा १० दिने मुढा बुन्ने तालिम प्रदान गरिएको आशा अपांग केन्द्रका लेखापाल अमृत  रसाइलीले जानकारी दिए ।

मालिका गाउँपालिका भित्रका सबै ब्याक्तिलाई पायक पर्ने गरि तीन स्थानमा मुढा बुन्ने तालिम प्रदान गरिएको थियो । अपाङ्गता समूह `ग ´र `घ´ मा परेका २४ जनाले तालिम प्राप्त गरेका छन् ।

वडा नम्बर दुई दर्लिङ्गमा पाँच ,वडा नम्बर चार अर्खबाङमा ९ र वडा नम्बर सात घमिर बाट १० जना सहभागी भएका थिए ।
समूह `क´ र `ख´ को अपाङ्गता परिचयपत्र पाएका ब्याक्तिले राज्य बाट सेवा सुविधा पाउने तर `ग´ र `घ´ मा परेकाले सेवा सुविधा नपाउने हुँदा उनिहरुलाई आय आर्जनमा जोड्ने उदेश्यले तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

साथै सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै,सीपलाई व्यवसायिक र उत्पादित सामाग्रीको बजारीकरणमा पालिकाले सहयोग गर्ने खनालले प्रतिबद्धता समेत जाहेर गरे ।
त्यस्तै यता आशा अपांग केन्द्रका प्रमुख गङा रायमाझीले मालिका गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै अपांगता भएका ब्याक्तीले राम्रो अवसर पाए समाजमा सजिलै स्थापित हुन सक्ने बताईन ।

दस दिनमा राम्रो सङ मुढा बुन्न सिकेको र सीपलाई व्यवसायीक बनाउन पालिकाले सहयोग गर्नु पर्ने प्रशिक्षार्थी गोरे घर्तीले प्रतिक्रिया दिएका छन् ।

बास स्थानीय स्तरमै उपलब्ध भए पनि रसि तथा टायरको बन्दोबस्तका साथै तयारी भएको मुढालाई बजार सम्म पुराउन पालिकाले मद्दत गर्नु पर्ने अपेक्षा प्रशिक्षार्थीको रहेको छ ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता