मालिकामा टोल टोलमा स्वास्थ्य शिविर ,दर्लिङ्ग बाट लिए झण्डै तीन सय बिरामीले स्वास्थ्य सेवा



माघ १७ गुल्मी ।
मालिका गाउँपालिकाले स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउने उदेश्यले टोल टोलमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
आज गाउँपालिकाले वडा नम्बर दुई दलिङ्ग स्वास्थ्य चौकी बाट दुई प्रकारका सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त राज भुसालले जानकारी दिए । स्वास्थ्य शिविर बाट झण्डै तीन सय जनाले सेवा लिएका छन् । दुई सय ९ जनाको आँखा परिक्षण गर्दा ३२ जनामा मोतियाबिन्दु पत्ता लागेको छ भने ३९ जना ज्येष्ठ नागरिकलाई नि शुल्क चस्मा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै ७० जना महिलाहरूको स्वास्थ्य जाँच गरि आवश्यक परामर्श र औषधि वितरण गरिएको छ ।
स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष देवीराम अर्यालले चुनावी बाचा क्रमश: पूरा गर्दै जाने बताए । जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको अध्यक्ष अर्यालले उल्लेख गरे । अबको ३ वर्ष भित्र गाउँपालिकामा मोतियाबिन्दुका बिरामीको सङ्ख्या शुन्यमा झार्ने योजना अनुरुप गाउँपालिकाले काम गर्ने उनले दावी गरे । १९ गते छापहिले स्वास्थ्य चौकिमा र २० गते मालिका गाउँपालिका ८ को मर्भुङ मैदान सोही प्रकृतिको शिविर आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए ।
साथै माघ २४ र २५ गते गाउँपालिकाको वडा नम्बर ४ मा रहेको अर्खाबाङ स्वास्थ्य चौकिमा सबै मोतियाबिन्दुका बिरामिहरुको नि शुल्क अप्रेसन गर्ने मालिका गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता