मालिकामा घुम्ती स्वास्थ्य शिविर बाट १५ सय बिरामीले सेवा लिए



माघ २१ गुल्मी ।
मालिका गाउँपालिकाका विभिन्न वडामा चलेको घुम्ती स्वास्थ्य शिविर बाट एक हजार चार सय ७० जना बिरामीले स्वास्थ्य सेवा लिएका छन ।
शिविरमा नि शुल्क आँखाको जाँच र महिला रोग  सम्बन्धी विशेषगरी पाठेघरको मुखको क्यान्सरको सम्भावित जाँच अब्ष्ट्राक्टिकफिस्टुला , आङ् खस्ने रोगको परिक्षण गरिएको थियो ।
वडा नम्बर दुई दलिङ्ग स्वास्थ्य चौकी बाट तीन सय ५० जना बिरामीले सेवा लिए । त्यस्तै वडा नम्बर पाँचको छापहिले स्वास्थ्य चौकी बाट दुई सय ४०,वडा नम्बर सात घमिर बाट दुई सय ५०, वडा नम्बर छ अर्जै बाट दुई सय १०,वडा नम्बर ८ मर्भुङ्ग बाट एक सय ९० र वडा नम्बर एक नेटाको अमर मावीका दुई सय ३० जना विद्यार्थीको आँखा जाँच गरिएको गाउँपालिका सिनियर अनमी तारा अर्यालले जानकारी दिईन ।

त्यस्तै शिबिर बाट ९३ जनामा मोतिया बिन्द पत्ता लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । साथै ७० वर्ष भन्दा माथिका २५० जनालाई नि शुल्क चस्मा वितरण गरिएको संयोजक भुसालले उल्लेख गरे । डाक्टर रामनिलेस चौधरीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो भने नेपाल नेत्र ज्योति संघ ,सिमलटारी आँखा उपचार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

जनताको स्वास्थ्यलाई मध्यनजर गरि टोल-टोलमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए । अध्यक्ष अर्यालले भने ” स्वास्थ्य शिविरमा जनताको उल्लासमय सहभागीता रह्यो ,टोल टोलमै स्वास्थ्य सुबिधा पाउँदा मालिका बासी खुसी हुनु हुन्छ “। साथै अर्यालले थपे जनताले आगामी दिनमा पनि यस्ता शिविरलाई निरंतरता दिदै अन्य शिविर सञ्चालन गर्नु पर्ने सुझाव दिनु भएको छ ,आउने वर्ष जनताको सुझाव बमोजिमका शिविरहरु आयोजना गर्नेछौं ।
साथै मोतियाबिन्दु पत्ता लागेका बिरामिहरुको लागि माघ २४ र २५ गते अर्खाबाङ स्वास्थ्य चौकीमा नि शुल्क शल्यक्रिया हुने र २३ गतेनै आ आफ्नो वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्न गाउँपालिकाले आग्रह समेत गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता