मालिकाको दुर्गम वस्ती मर्भुङ मैदानमा नि: शुल्क स्वास्थ्य शिविर



१९ फागुन, गुल्मी । जिल्लाको मालिका गाउँपालिका ८ स्थित दुर्गम वस्ती मर्भुङ मैदानमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नागरिकलाई आफ्नै घरआगनमा निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, नागरिकको स्वास्थ्य स्थिति बुझ्ने उद्देश्यले शिविरको आयोजना गरिएको पालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

एक दिने नि :शुल्क स्वास्थ्य शिविरमा वडा नम्बर आठ मर्भुङका एक सय ७४ जना नागरिकले सेवा लिएका छन् । जसमध्ये ५९ जना उक्तरक्तचाप, १२ जना मधुमेहका बिरामी र छ जना महिलाहरुको लामो समयको जन्मान्तर राखी परिवार नियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका डाक्टर राम निलेस चौधरीको नेतृत्वमा सुगर, प्रेसर लगायतका अन्य बिरामीको पनि स्वास्थ्य परिक्षण गरिएको थियो ।

मालिका गाउँपालिकाले हरेक वर्ष दुर्गम,विपन्न तथा दलित वस्तीमा नि शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । भौगोलिक तथा अन्य कारणले स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन शिविर आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले बताए ।

गएको फागुन १२ गते गाउँपालिकाको वडा नम्बर दुई दर्लिङको च्यानडाडामा शिविरको आयोजना गरिएको थियो । भने फागुन २४ गते गाउँपालिकाको वडा नम्बर पाँच छापहिलेको साराकटेरीमा शिविर आयोजना गर्ने तयारी रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता