मालिकाको अर्जैमा सम्पन्न आँखा शिविर बाट एक सय १० जनाले लिए सेवा !



माघ १४ गुल्मी ।
मालिका गाउँपालिका – ६ अर्जैमा सम्पन्न आँखा शिविर बाट एक सय १० जनाले सेवा लिएका छन ।
जनतालाई घरदैलोमै सेवा प्रवाह गर्ने उदेश्यले, मालिका गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ सिमलटारी आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । अर्जै स्वास्थ्य चौकी बाट प्रदान गरिएको शिविर बाट कुल एक सय १० जनाले सेवा लिएका छन । जसमध्ये
२३ जनालाई नि :शुल्क चस्मा सहित औषधि वितरण ,६९ जनालाई औषधि वितरण गरिएको अर्जै स्वास्थ्य चौकीका इन्चार्ज खिमराज पोखरेलले जानकारी दिए । त्यस्तै १६ जनामा मोतियाबिन्दु देखिएको र २ जनालाई थप उपचारको लागि भैरहवा प्रेषित गरिएको इन्चार्ज पोखरेलले उल्लेख गरे ।

आफ्नै गाउँ ठाउँमा आँखाको नि शुल्क जाँच गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।
त्यस्तै यता गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले जनताको स्वास्थ्यलाई ख्याल गर्दै शिविरको आयोजना गरिएको बताए । उपाध्यक्ष अर्यालले भने“ स्वास्थ्य क्षेत्र गाउँपालिकाको उच्च प्राथमिकतामा छ ,अझ आँखा त मानवजातिको अतिनै सवेदनशिल अङ्ग हो त्यसकारण आँखाका शिविरलाई उच्च प्राथमिकता दिदै आगामी दिनमा अन्य वडामा पनि सञ्चालन गर्ने छौं ´´ ।
त्यस्तै मालिका गाउँपालिकाले सबै वडामा सुत्केरीहरुको लागि भिडियो एक्सरे शिविर र मुटु रोग सम्बन्धि शिविरको आयोजना गर्ने तयारी समेत गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता