माओवादी केन्द्र : मालिका गाउँपालिकाको अध्यक्षमा देवीराम अर्याल चयन



मङ्सिर -१२ गुल्मी ।
नेकपा माओवादी केन्द्र मालिका गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ । दोस्रो गाउँपालिका सम्मेलनले देवीराम अर्यालको अध्यक्षयतामा ६ सदस्य मनोनीत गर्ने गरी ५५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।
शनिबार सम्पन्न सम्मेलनले सर्वसम्मतमा पदाधिकारी चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेम भट्टराई , सुर्य बहादुर बुढा ,तेज बहादुर सोनार रहेका छन् भने
सचीवमा सुर्य बहादुर जिसि , सह सचिबमा मेहेन्द्र बिक र कोषाध्यक्षमा दीपा गिरी महतारा चयन भएका छन् ।

जनयुद्ध देखी माओवादीमा सक्रिय रहेका कुशल सङगठक अर्यालले नेतृत्व समाले पछि मालिका गाउँपालिकामा माओवादीको पुर्नउदय हुनेमा नेता तथा कार्यकर्या आशावादी रहेका छन् ।
२०५७ देखी माओवादीको पुर्णकालीन कार्यकर्ता बनेका अर्याल २०५८ सालमा मुसिकोटको चौकी आक्रमणकाक्रमा घाइते समेत भएका थिए । सम्मेलनमा लुम्बिनी प्रदेशका पुर्व मन्त्री शुदर्शन बराल,लुम्बिनी प्रदेश कमिटीका सदस्य बुद्धि जिसि, धुर्कोट गाउँपालिकका इन्चार्ज भुपाल पोख्रेल , अखिल नेपाल महिला संघ क्रान्तिकारी गुल्मीका अध्यक्ष बिनिता रोका पोख्रेल लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता