माओवादी केन्द्र द्धारा गुल्मी –२ को लागि तीनजनाको नाम सिफारिस



हुमाकान्त पोखरेल-गुल्मी, २४ भदौ ।

नेकपा माओवादी केन्द्रले आगामी मंसिर –४ गते हुने निर्वाचनमा गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को लागि तीन जनाको नाम सिफारिस गरेको छ । बिहीबार धुर्कोट गाउँपालिकाको बर्बोटमा सम्पन्न निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नम्बर २ को प्रथम भेलाले भिमकान्त भण्डारी, निम बहादुर पाण्डे र विरबहादुर कार्कीको नाम सिफारिस गरेको हो । संघमा सिफारिसमा परेकामध्ये मालिका गाउँपालिका –५ निवासी भण्डारी माओवादी केन्द्रको विशेष प्रदेश कमिटीका सदस्य हुन् ।

उनी पूर्व कर्मचारी समेत हुन् । धुर्कोट गाउँपालिका –६ निवासी पाण्डे जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय छन् । उनी हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेको जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसीले राजधानी राष्ट्रिय दैनिकलाई जानकारी दिए । त्यस्तै मालिका गाउँपालिका –५ निवासी कार्की हाल पार्टीको केन्द्रीय सदस्य र जिल्ला समन्वय समिति सदस्य छन् । उनी समन्वय समिति छोडेर निर्वाचन लड्ने दाउमा छन् ।

भेलाले प्रदेशतर्फका आकांक्षी उम्मेदवारको नाम पनि सिफारिस गरेको छ । क्षेत्र नम्बर २ को ‘क’ मा खुम बहादुर थापा, दुर्गा विक र ठाकुर पाण्डे एवम् ‘ख’ को लागि बुद्धि जिसी, बिनिता रोका पोखरेल र गोपाल कुँवरको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेकामध्ये थापा, जिसी र पोखरेल प्रदेश कमिटी सदस्य हुन् । पाण्डे क्षेत्र नम्बर २ ‘क’ को सचिवको जिम्मेवारीमा छन् । कुँवर पार्टीको धुर्कोट गाउँकमिटी अध्यक्ष छन् भने विक क्षेत्र नम्बर २ को सचिवको जिम्मेवारीमा रहेको माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा सिफारिस उम्मेदवारका साथै केन्द्रीय परिषद् सल्लाहकार समिति सदस्य टंक प्रसाद पोखरेल, प्रदेश कमिटी सदस्य भुपाल पोखरेल, ज्ञान कुमार बुढा, रुपकलाल श्रेष्ट, जिल्ला सचिव एवम् प्रदेश सदस्य अशोक थापा लगायत क्षेत्र नम्बर २ अन्तरगतका पालिकाका पार्टी पदाधिकारीहरु, प्रदेश कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता