महेन्द्र नमुना मावीको व्यवस्थापन समितिको अध्यक्षमा शालिकराम पन्थी



माघ १७ ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शालिकराम पन्थी चयन भएका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका पन्थी जिल्लाकै शैक्षिक धरोहरका रुपमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन । शुक्रबार विद्यालयले आगमी तीन वर्षको लागी पन्थीको नेतृत्वमा नौं सदस्यीय विद्यालय व्यवस्थापन समितिको गठन गरेको हो ।

सामुदायिक रेडियो स्काई गुल्मीका संचालक समिति अध्यक्ष समेत रहेका पन्थी विगत लामो समय देखी सामाजिक क्षेत्रमा क्रियाशील रहदैं आएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता