महिलालाई उद्यमशिल बनाउन घरेलु कार्यालय गुल्मी द्वारा सिलाईकटाइ तालिम प्रदान



फागुन ४ गुल्मी ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले महिलाहरुलाई उद्यमशीलता तथा सीप विकासको लागि सिलाईकटाई तालिमको आयोजना गरेको छ ।
कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आज देखि रेसुङ्गा नगरपालिका -६ का १२ जना महिलालाई दुई महिना सम्म सिलाई कटाई तालिम प्रदान गरिने कार्यालयका उद्यमसहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिए ।
आज एक प्रशिक्षण मुलक औपचारिक कार्यक्रमका साथ तालिमको सुरुवात गरिएको हो ।
प्रशिक्षक बुधकला मरासिनीले सिलाई कटाई तालिममा सुरुवाती केही दिनमा सिक्न गाह्रो हुने, बिग्रने भए पनि निरन्तरको प्रयास पछि सफल भईने हुँदा मेहनत गर्नु पर्ने बताईन ।
त्यस्तै वडा सदस्य राम प्रसाद मरासिनीले सीप सिकेर आत्मनिर्भर बन्नु पर्ने बताए ।

वडा अध्यक्ष गन बहादुर गुरुङले आयोजक घरेलु कार्यालयलाई धन्यवाद दिदै तालिम- तालिममा सिमित नपार्न महिला दिदिबहिनीलाई आग्रह गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले दुई महिने तालिम प्राप्त नभएको खण्डमा आगामी दिनमा वडा तथा नगरपालिकाले समन्वय गरेर तालिमको आयोजना गर्ने आश्वासन दिदै राम्रो सङ सिलाइ कटाई सिक्न अपिल गरे ।

त्यस्तै यता कार्यालय प्रमुख शुरेन्द्र भण्डारी राज्यले गरेको लगानी खेर नफाल्न आग्रह गरेका छन । एक जनालाई सिलाई कटाई सिकाउदा झण्डै ३० देखि ३५ हजार खर्च हुने बताउदै राज्यको लगानी सहि सदुपयोग गरि उद्यमशीलता बन्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका भण्डारीले ब्याक्ती उद्यमी बन्दा ब्याक्तीलाई मात्रै नभई सिङ्गो राष्ट्र र अर्थतन्त्र बलियो बन्न टेवा पुग्ने उल्लेख गरे ।

यता आफ्नै गाउँमा निशुल्क सिलाई कटाईसिक्न पाउँदा स्थानीय महिला खुसी भएका छन । स्थानीय सुनिता सुनारले आफुहरुले मागेको र सिक्न चाहेको तालिम घरआगनमै निशुल्क सिक्न पाउँदा खुसी लागेको बताईन । त्यस्तै अर्का स्थानीय तथा प्रशिक्षार्थी शोभा नेपालीले राम्रो संग सिलाई कटाई तालिम सिकाउनु पर्ने र आवश्यकता अनुसार समय बढाएर भए पनि आफुहरु दक्ष नहुन सम्म तालिम दिनु पर्ने माग गरिन ।
सिलाई कटाई तालिम २०८० बैशाख ३ गते सम्म चल्ने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता