महामारीको समयमा आफ्नै घरमा आइसोलेशन बनाउने छत्रकोटका वडा अध्यक्ष सम्मानित !



फागुन -२८ गुल्मी ।
छत्रकोट गाउँपालिका गुल्मीले आफ्नो स्थापना दिवस मनाएको छ । शुक्रबार गाउँपालिकाले स्थापना दिवसको अवसरमा भजन कृतन,मारुनी,सोरठी नृत्य प्रस्तुती, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र कारोना महामारीको समयमा निशुल्क आइसुलेसन उपलब्ध गराउने जनप्रतिनिधिलाई सम्मान गरी आफ्नो स्थापना दिवस मनाएको छत्रकोट गाउँपालिकाले जनाएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरस अर्थात् कोभिड १९ को जोखिमको समयमा कोरोना संक्रमित उपचारको लागी राख्न आइसुलेशनको लागी निशुल्क ४ महिना निजी घर उपलब्ध गराउने छत्रकोट गाउँपालिका ४ दिगामका वडाअध्यक्ष डिलाराम न्यौपाने गाउँपालिकाबाट सम्मानित भएका छन् ।

गाउँपालिकाले वडाअध्यक्ष न्यौपानेलाई सम्मान पत्र र दोसला ओड्याएर सम्मान गरेको हो । त्यस्तै कोरोना महामारीको समयमा जोेखिम मोलेर स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यका कर्मचारी सपना टण्डन ,लगायत स्वास्थ्यका कर्मचारीलाई समेत गाउँपालिकाले सम्मानित गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता