मलाई एक पटक विश्वास गर्नुस : नेतृ झाँक्री



कात्तिक १३ गुल्मी ।

गुल्मी -२ मा बाम गठबन्धनकि साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गरेकी छन ।
आज इस्मा गाउँपालिका -४ कोटकोटरीमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
अरुलाई पटक पटक विश्वास गरेर मत दिएर मन्त्री, संसद बनाउनु भयो यस पटक मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु ।
साथै नेतृ झाँक्रीले भनिन “ यस पटकको निर्वाचन इतिहास बनाउने निर्वाचन हो,पुरानो बाटो भत्काएर नयाँ बाटो बनाउने अवसर यो अवसर बाट कोहि पनि नचुकौ ” ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी सचीव समेत रहेकी झाँक्रीले आफुले विकासका योजना वर्गीकरण गरेर काम गर्ने ,तिनै तहका सरकार संग समन्वय गरेर काम गर्ने बताउदै गुल्मीमा केही महत्त्वपूर्ण योजना जसले जनताको भाग्य र भविष्यको ढोका खोलिदिन्छन त्यस्ता योजना अगाडि बढाउने दावी समेत गरिन ।
आफू मन्त्री हुँदा जिल्लामा करिब ७/८ अर्बका योजना भित्राएको जानकारी गराउदै अब विकास निर्माणका काम इस्माको कोटकोटेरी,कल्यार, जस्ता ठाँउ बाट सुरु गर्ने बचन समेत उनले मतदातालाई दिईन ।
साथै फरक प्रसङ्गमा उनले खराब ब्याक्ती र पात्राका विरुद्ध बोल्नु पर्ने बताईन । लोकतन्त्रमा कसैको धाक ,धम्की र प्रलोभनमा नपरी बोल्न पाउने अधिकार रहेको समेत उनले उल्लेख गरिन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता