मदाने -१ अग्लुङ्गका महिलालाई बुटिक तालिम प्रदान



माघ १६ गुल्मी ।

गुल्मीको मदाने गाउँपालिका – १ अग्लुङ्गका महिलालाई आत्मनिर्भर तथा आय आर्जनमा जोडनको लागि बुटिक तालिम प्रदान गरिएको छ । मदाने गाउँपालिका १ अग्लुङ्गको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत १५ दिने बुटिक तालिम प्रदान गरिएको वडा अध्यक्ष सुशील चंन्दले बताए ।
अघिल्लो वर्ष पनि बुटिक सम्बन्धि एक महिने तालिम दिईएको र अहिले थप दक्ष बनाउनको लागि पुनः सोही तालिम दिईएको वडा कार्यालयले जनाएको छ ।
अघिल्लो वर्षको एक महिना र अहिले प्रदान गरिएको १५ दिनको तालिमले महिलाहरु बुटिक बनाउन दक्ष भएको वडा अध्यक्ष चंन्दले दावी गरे ।
साथै सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गर्दै राज्यले गरेको लगानी खेर जान नदिन उनले अपिल गर्दै बजारीकरणको लागि वडाले समन्वय गरिदिने प्रतिबद्धता समेत जाहेर गरे ।
यता सीप सिकेका महिलाहरुले पनि खुसी व्यक्त गरेका छन् । सिकेको सिपलाई व्यवहारमा लागू गरि व्यवसायी बन्ने उनीहरुले उदघोष गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता