मदाने र गौमुखी बिच आपसी हित र साझा समस्या समाधानका लागि दुई पक्षीय सम्झौता !



फागुन १६ गुल्मी ।
गुल्मीको मदाने गाउँपालिका र छिमेकी जिल्ला प्युठानको गौमुखी गाउँपालिका बिच विविध विषयमा समझदारी भएको छ ।
सोमबार मदाने गाउँपालिकाको कार्यालय पुर्कोट दहमा दुई स्थानीय तह बिच आपसी हित र साझा समस्या समाधानका लागि दुई पक्षीय सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।
समझदारी पत्रमा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवर र गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले हस्ताक्षर गरेका छन् ।
दुई स्थानीय तह बिचमा कृषि ,पर्यटन ,पुर्वाधार ,साँस्कृतिक सम्पदा ,प्रविधि ,सीप र आर्थिक लगायत विविध पक्षमा सहयोग आदानप्रदान गर्ने उदेश्यले समझदारी पत्र तयार पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताए ।
त्यस्तै समझदारी पत्रमा एक अर्काले गरेका कामको अनुभवको आदानप्रदान देखि गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको दुबै स्थानीय तहले प्रचार प्रसार गरि पर्यटकीय गन्तव्यको रुपमा अगाडी बढाईने समेत उल्लेख गरिएको छ ।
गौमुखी गाउँपालिका र मदाने गाउँपालिका बिच सिमा मात्रै नभई धेरै सम्बन्ध,संस्कार र एकै प्रकारको भु-बनोट भएकै कारण समझदारी गरिएको उपाध्यक्ष सरिता खड्काले बताईन ।

समझदारी पत्रमा हस्ताक्षर गरेपछी सामुहिक तस्वीर खिचाउदै दुई स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी / तस्वीर गुल्मी अपडेट

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता