मदाने अध्यक्ष कपको उपाधि पुरुष तर्फ अग्लुङ्ग र महिला तर्फ पुर्कोट दहलाई !



फागुन ७ गुल्मी ।
मदाने गाउँपालिका द्वारा आयोजित अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
फागुन ५ गते देखि चलेको प्रतियोगितामा ७ वटा वडाका महिला पुरुष गरि १४ समुहको सहभागीता रहेको थियो ।

वडा नम्बर एक अग्लुङ्ग पुरुष तर्फ मदाने गाउँपालिका अध्यक्ष कपको उपाधि चुम्न सफल भएको छ ।
उसले आज फाइनलमा वडा नम्बर ५ मलागिरीलाई ३-१ सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । अग्लुङ्गले अध्यक्ष कप सहित नगद ४० हजार ,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोख्रेलले जानकारी दिए ।
त्यस्तै दोस्रो भएको मलागिरीले ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो भएको वडा नम्बर सात भनभनेले २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै महिला तर्फ वडा नम्बर पाँच पुर्कोट दहले वडा नम्बर ४ म्यालपोखरीलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधिमा कब्जा जमाएको छ ।
उपाधी सङै २० हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।
दोस्रो हुने म्यालपोखरी र तेस्रो हुने बाझकटेरीले क्रमशः १५ ,१० हजार नगद ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
खेल र खेलाडीको विकास संगै आत्मियता बढाउन सामुहिक खेलको आयोजना गरिएको उपाध्यक्ष सरिता खड्काले बताईन ।
साथै प्रोत्साहन स्वरुप सहभागी सबै समुहलाई नगद ५/५ हजार प्रदान गरिएको मदाने गाउँपालिकाले जनाएको छ ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता