मदानेमा ४० हजार राशिको भलिबल प्रतियोगिता हुने



डिबी खड्का -माघ २६ गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकाले ४० हजार राशिको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिका अध्यक्ष कप अन्तर्गत वडा स्तरीय खुल्ला महिला,पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले बताईन ।
भलिबल खेल र खेलाडीको बृहत्तर विकासको लागि गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरेको उपाध्यक्ष खड्काले उल्लेख गरिन ।

प्रतियोगितामा गाउँपालिका भित्रका सात वटा वडा बाट महिला, पुरुषका एक/एक समूह सहभागी हुनेछन ।
जसअन्तर्गत पुरुष भलिवलमा प्रथम हुने समुहलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाइ २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी महिला भलिबल प्रतियोगितामा प्रथम हुने टीमले २० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता फागुन ५, ६ र ७ गते पुर्कोट दहमा सञ्चालन हुने मदाने गाउँपालिकाले जानकारी दिएको छ ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता