भोलि देखि गुल्मीका यि स्थानीय तहमा मतदाता नामावली संकलन हुदैं



मंसिर- १६ गुल्मी ।

भोली देखि जिल्लाका ६ वटा स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन हुने भएको छ । जिल्लाका स्थानीय तहलाई दुई चरणमा विभाजन गरी मतदाता नामावली संकलन गर्ने थालिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । पहिलो चरणमा भोलि देखि मंसिर २६ गते सम्म जिल्लाको गुल्मी दरबार गाउँपालिका,सत्यवती गाउँपालिका ,धुर्कोट गाउँपालिका ,मालिका गाउँपालिका र मुसिकोट नगरपालिका नामावली सङकलन हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीका निवार्चन अधिकारी मायाँ कुवँरले बताईन ।

यता स्थानीय तहले पनि भोलि देखी सुरु हुने फोटो सहितको मतदाता नामावली संकलनको आवश्यक तयारी पुरा गरेको जानकारी दिएका छन् । नागरिकको समस्यालाई मध्येनजर गर्दे वडाको पालो बाँडेर नामावली संकलनको तयारी गरिएको मालिका गाउँपालिकाका सुचना अधिकृत जगत पौडेलले बताए ।
स्थानीय तहका केन्द्रमा स्थानीय तहले छुट्टै कर्मचारी नियुक्ती गरी मतदाता नामावली संकलन गर्दै छन् ।
नागरिकता लिएका सबै नेपालीलाई फोटो सहितको मतदाता नामावलीको फारम भर्न निर्वाचन कार्यालय गुल्मीले अनुरोध गरेको छ ।

त्यस्तै यता दोस्रो चरणको मतदाता नामावली संकलन मङ्सिर २८ देखी पुस ८ गते सम्म छत्रकोट गाउँपालीका ,रुरु क्षेत्र गाउँपालीका , चन्द्रकोट गाउँपालिका ,इस्मा गाउँपालिका र मदाने गाउँपालिकाको केन्द्रमा गरिने बताईएको छ ।

जिल्लामा २०७७ पुस ५ गते सम्मको तथाङकलाई हेर्दा दुई लाख ११ हजार सात सय ३२ जना कुल मतदाता रहेका छन् । जसमा महिला एक लाख आठ हजार छ सय ५९ , पुरुष एक लाख तीन हजार ७१ र तेस्रो लिङ्गी दुई जना मतदाता रहेका छ्न ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता