भण्डारीको चुनाव खर्च २९ लाख भन्दा धेरै !



हुमाकान्त पोखरेल, १९ मंसिर, गुल्मी ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचित सासंद चन्द्रकान्त भण्डारीले मंसिर ४ गते सम्पन्न निर्वाचनको लागि २९ लाखभन्दा बढी रकम खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा बुझाएको विवरण अनुसार भण्डारीले निर्वाचनमा २९ लाख एक हजार पाँच सय रुपैँया खर्च गरेका हुन् । जसअन्तरगत सवारी साधनमा १५ लाख, मतदाता नामावलीमा १५ हजार, प्रचार–प्रसार सामग्रीमा ४५ हजार, ढुवानीमा एक लाख ५० हजार खर्च गरेको विवरण पेश गरेका छन् । त्यस्तै कार्यालय संचालन तथा प्रतिनिधि परिचालनमा दुई लाख, गोष्ठि एवम् अन्तरक्रियामा दुई लाख, छापा तथा विद्युतीय माध्यममा एक लाख र अन्य प्रचार–प्रसारमा तीन लाख खर्च भएको भण्डारीले बुझाएको खर्च विवरणमा उल्लेख गरिएको छ । भण्डारी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता