बुर्तिबाङ राइजिङ युवा क्लवद्वारा बाढी पहिरो पीडितहरुलाई सहयोग



कौरव खत्री गुल्मी ३० आश्विन । 

बागलुङको ढोरपाटनका नगरपालिकाका बाढी पहिरो पीडितहरुलाई बुर्तिबाङ राइजिङ युवा क्लव ढोरपाटन नगरपालिका १ बुर्तिबाङद्धारा आर्थिक,शैक्षिक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।  क्लवद्धारा बाढि पहिरो पीडितहरुको लागि ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषको खातामा नगद रु.१ लाख, बाढी पहिरोबाट ज्यान गुमाएका ३४ पीडित घरपरिवारहरुलाई नगद रु. ७४ हजार हस्तान्तरण गरेको हो । त्यस्तै क्लवले बाढि पहिरोमा परेर आफ्नो अभिभावक गुमाएका २३ जना बालबालिकाहरुलाई प्रतिबालवालिकालाई शैक्षिक सामाग्री अन्र्तगत आधा दर्जन कापी,५ वटा डटपेन १ दर्जन पेन्सिल र २ वटा माक्स हस्तान्तरण गरिएको थियो ।

त्यस्तै बाढी पहिरो पीडित महिलाहरुलाई सय पिस सेनेटरी प्याड गरेर २७ हजारको शैक्षिक र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । साथै निसीखोला गाँउपालिकका बाढी पहिरो पीडित ५ घरपरिवारलाई प्रति घरपरिवार २ हजारका दरले नगद रु.१०हजार रुपैया हस्तान्तरण गरिएको थियो । ढोरपाटन नगरपालिका र निसीखोला गाँउपालिकाका बाढी पहिरो पीडितहरुलाई कुल रु.२ लाख,११ हजार,५सय,९ रुपैया बरावर सहयोग मंगलवार,बुधवार र विहिवार हस्तान्तरण गरिएको ,राहत रकम अभियानकर्ता मिनु विसीले जानकारी दिइन । राहत रकम वितरण कार्यक्रममा बुर्तिबाङ राइजिङ युवा क्लवका अध्यक्ष तथा राहत रकम संकलन अभियानकर्ता यामु पौवी(सोम),क्लवकी उपाध्यक्ष ममता गैरे, क्लका महासचिव एंव अभियानकर्ता गोपाल महत,राहत रकम अभियानकर्ता मिनु विसी क्लवकी सदस्य एंव पत्रकार झरना कंडेल, स्वास्थ्यकर्मी मनु विक लगायतको सहभागिता रहेको थियो

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता