बुटवल मेलामा ठूलो लुम्पेकको कफी दैनिक १५ हजारको विक्री



पुष १०, बुटवल ।

गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा उत्पादन भएको अर्गानिक कफी अहिले बुटवल मेलामा विक्री भइरहेको छ । मिश्रित कफी उत्पादन कृषक समूहले उत्पादन गरेको कफी मेलामा विक्री भइरहेको छ ।
औद्योगिक मेलामा रहेको स्टल नं. १३ मा रहेको कफी किन्नका लागी ग्राहकहरुको भीडभाड बढेको छ । समूहकी अध्यक्ष एवं जिल्ला समन्वय समिति गुल्मीका सदस्य नरमाया रानाका अनुसार दैनिक १५ देखि २० हजारको कफी विक्री भइरहेको बताएकी छन् । उनका अनुसार शनिबार सबैभन्दा बढी करिब २५ हजार भन्दा बढीको विक्री बताएको बताएका छिन् । उनले ठूलो लुम्पेकको करिब १३ सय मिटर उचाइँमा रहेको भूगोलमा उत्पादन भएको अर्गानिक कफी स्वास्थ्य र स्वादका हिसावले राम्रो भएकोले मेलामा विक्री गर्न आएका बताएका छिन् ।
उनले भनिन्, “हामीले गाउँको उत्पादन प्रचार गरी स्वदेशी अर्थतन्त्रको विकास गर्ने उद्देश्यले मेलामा कफी विक्री गरेका छौं ।” उनले कफीप्रति ग्राहकहरुको आकर्षणले थप उत्साह पैदा गरेको समेत बताइन् ।
दैनिक ५ हजार भन्दा बढीले मेलामा कफीको अवलोकन गरेको ओम सिंजापतिले बताएका छन् । ठूलो लुम्पेकमा करिब १८ हजार कफीको बोट रहेको छ र अहिले उत्पादन तथा विक्री वितरण भइरहेको छ । मिश्रित कफी उत्पादन कृषक समूहले अहिले बुटवलको औद्योगिक मेलामा कफी विक्री रहेको छ । कफीसँगै ठूलो लुम्पेकको करिब २ हजार उचाइँमा उत्पादन भइरहेको बाँकाको सिन्की, मकैको आँटो, सिस्नोको मुन्टा, दालका गेडागुडी, लोकल बेसारलगायत स्थानीय र गुणस्तरिय उत्पादन विक्री गरिरहेको छ ।
उक्त समूहका नेत्र राना, ओम सिंजापति, सरोज रानालगायत कृषकहरुले विक्री तथा वितरण, प्रचार एवं यसको प्रवद्र्धन गरिरहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता