बाग्लुङमा दुई सवारी दुर्घटना एकजनाको मृत्यु



सागर भण्डारी ,मंसिर १०-बागलुङ । 

बागलुङको ढोरपाटन नगरपालिका–२ मा दुई सवारी दुर्घटना भएका छन् । मंगलबार राति आधा घण्टाको अन्तरमा पिकअप जिप र ट्याक्सी दुर्घटना भएका हुन् । दुर्घटनामा ट्याक्सी चालक बडिगाड गाउँपालिका–६ का २२ वर्षीय नहकुल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार भीमगिठेबाट बुुर्तिबाङका लागि जाँदै गरेको लु २ च ९१९९ नम्बरको पिकअप र ध १ ज ५४२ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–२ तुरतुरे ताल नजिक दुर्घटना भएका हुन् । दुर्घटनामा पिकअप जिप चालक बडिगाड गाउँपालिका–९ वर्ष २२ का किरण विसी सामान्य घाइते भएका छन् । दुर्घटनाको कारण खोज्न प्रहरी घटनास्थलमा पुगेको सूचना अधिकारी रेग्मीले बताए । दुईदिन अघि बडिगाड–५ मा पिकअप जिप दुर्घटना हुँदा आमा छोरीको मृत्यु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता