बाख्रा पकेट क्षेत्र चापाकोट मा अनुदान बितरण !!



बिश्व प्रकाश भट्टराई ,चापाकोट स्याङ्जा

बाख्रा पकेट क्षेत्र चापाकोट वडा नम्बर ७ मा आज एक कार्यक्रम का बीच अनुदान बितरण भएको छ । साझा भञ्ज्याङ् सामुदायिक बाख्रा पालन समुहको आयोजना यबम जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र को आर्थिक सहयोगमा चापाकोट नगरपालिका वडा नम्बर ५,६,७ का ५० जना कृषकलाई ६ हजार को दरले चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरि ले अनुदान वितरण गर्नु भएको हो।

अनुदान वितरण गर्दै नगरप्रमुख गिरि ले यस्ता अनुदान वास्तविक किसान को घरमा पुर्याउनु पर्ने मा जोड दिनुभएको छ ।चापाकोट नगरपालिकाले विशेष गरेर नगरपालिका मा दर्ता भएको कृषि फर्महरु लाई अनुदान दिदै आयको हुदा प्रक्रिया पुर्यायर नगरपालिका आउन कृषक हरु लाई नगरप्रमुख गिरि ले आग्रह गर्नुभयो ।झोले कृषक लाई कुनै पनि हालत मा अनुदान नदिने उहाले कार्यक्रममा बताउनु भयो ।कार्यक्रम मा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाका प्रमुख बिश्व नाथ गौतम ले बोल्दै आफ्नो अस्पतालले नगरपालिका सग सहकार्य गरि आगामी दिन मा पनि यस्तै अनुदान वितरण गर्ने बताउनु भयो । समुहका अध्यक्ष बिश्वास पुरी को अध्यक्षता यबम चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरि को प्रमुख आतिथ्यता माभयको अनुदान वितरण कार्यक्रमको संचालन योजना साखा प्रमुख गोपाल गिरिले गर्नु भयको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता