फोनिज गुल्मीद्धारा जिल्ला अस्पताल गुल्मीमा बिरामीहरुलाई फलफूल वितरण



अमृता गाहा साउन २४ गुल्मी ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) गुल्मीले २८ औँ अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा जिल्ला अस्पताल गुल्मीमा बिरामीहरुलाई फलफूल वितरण कार्यक्रम गरि मनाएको छ । महासंघले “पहिचान, प्रतिनिधित्व, पे्रस स्वातन्त्रता र समावेशिकरणको लागि आदिवासी जनजाति आन्दोलन समानुपातिक सुशासन र समृद्धिको लागी हाम्रो कलम ” भन्ने मुल नाराका साथ जिल्ला अस्पतालमा फलफुल , मास्क र स्यानिटाइजार वितरण गरि दिवस मनाएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गुल्मीको स्थापना २०६८ सालमा भएको थियो । पूर्व अध्यक्ष गणेश सारुले संस्थाको स्थापना गर्नुभएको हो ।

महासंघले जिल्लामा रहेर सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको महासंघका अध्यक्ष लोक प्रसाद छन्त्यालले बताउनुभयो । बिरामीलाई थप हौसला प्रदान गर्ने उद्देश्यले फलफूल विरतण गरिएको अध्यक्ष छन्त्यालले बताउँनुभयो ।

फलफुल पाउँदा बिरामीहरु खुशि भएका थिए । साथै मास्क र स्यानिटाइजर ग्रहण गर्दै अस्पतालका जनस्वास्थ्य निरिक्षक तारा ब. कार्की , अस्पताल व्यवस्थापक असिम चौधरी र नर्सिङ्ग इन्चार्ज आस्था बुढाथोकीले एकमुस्त रुपमा महासंघलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा फोनिज गुल्मीका अध्यक्ष लोक प्रसाद छन्त्याल, पूर्व अध्यक्ष गणेश सारु ,सचिव गंगु कुँवर , सहसचिव सदिक्षा रेश्मी , कोषाध्यक्ष अमृता गाहा, अस्पतालका डाक्टर , कर्मचारी , पत्रकार सूर्य सुनार र विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता