फुटबलर तरामुको उपचारको लागी दुई लाख आर्थीक सहयोग जुटाईदिने मन्त्री ज्ञवालीको घोषणा



जेठ -२० गुल्मी ।

नेपाल सरकारका परराष्ट्र मन्त्री तथा विगठीत प्रतिनिधि सभा गुल्मी क्षेत्र नम्वर एकका प्रतिनिधि प्रदिप कुमार ज्ञवालीले गुल्मीका घाईते फुटबलर खेलाडी मोहन तरामुको उपरचाको लागी दुई लाख रकम जुटाईदिने प्रतिवद्धता जाहेर गरेका छन् ।
नेपाल सरकार संग पहल गरेर उनको उपचारको लागी दुई लाख रकम जुटाईदिने प्रतिबद्धता जाहेर गरेको उनका स्वकीय सचिव जंग नेपालीले जानकारी दिए ।
केही समय अघि छल्दी खोलामा पौडी खेल्दा टाउकोमा चोट लागेर गम्भीर घाईते भएका थिए ।
तरामुको उपचारको लागी ठुलो धनराशी आवश्यक पर्ने र परिवारको आर्थीक अवस्था कम्जोर भए पछि परिवारले सवैलाई आर्थीक सहयोग जुटाईदिन अपिल समेत गरेको थियो ।

तरामुको अहिले बनेपा अस्पतालमा उपचार भैइरहेको छ ।
जिल्लाको सत्यवती गाउँपािलका तीन ठुलोलुम्पेकका तरामु जिल्लामा अबब्ल फुटबल खेलाडी मानिन्छन् । देशका विभिन्न फुटबल लिग खेलीसकेका मोहन ले देशकै सबै भन्दा दोस्रो ठुलो लिग शहीद स्मारक ‘बी’ डिभिजन लिगसमेत खेलेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता