फागुन ६ देखि २६ गतेसम्म गुल्मीमा बालबालिकालाई खोप अभियान चलाइने



प्रेम सुनार माघ २६ गुल्मी ।
दादुरा–रुबेला खोप अभियान २०७६ ÷०७७ अन्तर्गत गुल्मीमा पहिलो चरणमा फागुन ६ गतेदेखि ं१४ गतेसम्म र दोश्रो चरणमा फागुन १८ गते देखि २६ गते सम्म ९ महिनादेखि ५ बर्ष मुनीका बालबालिकालाई दादुरा – रुबेलाविरुद्धको खोप अभियान चलाइने भएको छ ।

पहिलो चरणमा गुल्मीको कालिगण्डकी, चन्द्रकोट ,सत्यवती , रुरु क्षेत्र, छत्रकोट, गुल्मीदरवार र रेसुङ्गा नगरपालिकाका त्यो उमेर समुहका बालबालिकालाई खोप लगाइनेछ ।दोश्रो चरणमा गुल्मीको पश्चिम उत्तरमा पर्ने मुसिकोट नगरपालिका , ईस्मा , मालिका , मदाने र धुर्कोट गाउँपालिकाका बालबालिकालाई खोप अभियान चलाइने स्वाथ्य कार्यालय गुल्मीले शनिवार जानकारी दिएको हो ।

सो कार्यालयका उपस्वास्थ्य प्रशासक भवानीप्रसाद शर्माले यस अभियानलाई स्थानीय सरकार, शिक्षक बुद्धिजिवी र सबै सरोकारवाला र आमाहरुले महाअभियानका रुपमा लिएर सक्रिय सहभागिता जनाइदिन आग्रह गरे ।९ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा –रुबेल बिरुद्धको खोप नलगाए बालबच्चामा विभिन्न प्रकारका रोग विमार लाग्ने हुँदा हरेक आमाहरुले आ–आफ्ना बालबालिकाहरुलाई नजिकमा तोकिएको खोप केन्द्रमा ल्याएर खोप अनिवार्य खोप लगाई दिनु पर्ने सो कार्यालयको अपिल छ ।

गुल्मीमा ९ महिनादेखि ५ वर्षसम्मका ८ हजार १ सय १८ जना बालबालिका छन् । २४ महिना देखि ६० महिना अर्थात ५ बर्ष सम्मका १८ हजार ६ सय ९३ जना र ९ महिना देखि ५ बर्ष सम्मका २६ हजार ८ सय ४७ बालबालिकासहित कुल ९ देखि ५ वर्षसम्मका सहित कुल ५३ हजार ६ सय ५९ जना बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक पशुपति आचार्यले जानकारी दिए ।

गुल्मी जिल्लाको खोप अभियानलाई सफल पार्न विश्व स्वास्थ्य संगठन ९ डब्लुएचओ ० का प्रतिनिधी डाक्टर महेन्द्र थापाका अनुसार विश्व स्वास्थ्य संगठनले विश्वभर मान्यता प्राप्त खोप लगाइने छ ।

गुल्मीको हकमा ९३ वटा वडा सहित ७ सय १६ वटा खोप केन्द्र हुने छन् । प्रत्येक खोप केन्द्रमा दुई दुई जना स्यव सेवी र दुई दुई जनाका दरले १४ सय ३२ जना खोप कार्यकर्ता रहने छन । बालबालिकाका आमाहरुलाई खोप सुरु हुनुको एक हप्ता अघि नै निमन्त्रण पत्र पठाइनेछ ।

राष्ट्रिय खोप अभियान सञ्चालनको जिल्ला समन्वय समितिले कार्यन्यवन र अनुगमनको जिम्मा लिने छ । त्यस समितिका अध्यक्ष जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली रहने छन् ।

नेपालमा २०३४ सालदेखि दादुरा–रुबेल विरुद्धको खोप ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लगाउन सुरु गरिएको थियो ।

त्यस्तै सन २००४, २००८ र १६ मा पनि राष्ट्रिय खोप अभियान छेडिएको थियो । बिश्व स्वास्थ्य संगठनले सन २०२० भित्रमा खोप अभियान चलाइसक्ने प्रतिबद्धता जनाइ सकेकोमा नेपालले भने २०१९ भित्रै सक्ने प्रतिबद्धता जनाए पनि त्यो पुरा गर्न सकेन ।

औपचारिक घोषणा कै कुरा गर्ने हो भने गुल्मी जिल्ला २०७१ साल चैत्र ३० गते खुल्ला दिशामुक्त र पुर्णखोप जिल्ला घोषणा भइसकेको थियो । तत्कालिन उपराष्ट्रपति परमानन्द झाले भब्य तामझामका साथ गुल्मी जिल्लालाई खुल्ला दिशामुक्त र पुर्णखोप जिल्ला घोषणा गरेका थियो ।

गजवको कुरा त के छ भने अहिले स्थानीय सरकारले यी बिषयमा वडा स्तरबाट घोषण गर्नु सुरु गरेको छ । जिल्ला समन्व्य प्रमुख तथा पुर्ण खोप अभियान गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीले बालबालिकाको स्वास्थ्य राख्ने यस महान अभियानमा सबै आमा र सरोकावाला सक्रिय सहभागि हुन अपिल गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता