प्रेस सेन्टर गुल्मी द्धारा भित्तेपात्रो विमोचन



अजय खड्का
गुल्मी, ०८ वैशाख । प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीको २०७९ सालको भित्तेपात्रो बिमोचन गरिएको छ । मंगरबार नेकपा माओेवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवम् पूर्व मन्त्री सुदर्शन बरालले भित्तेपात्रो बिमोचन गरे । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गुल्मीको तेस्रो पूर्ण बैठकको अवसर पारेर प्रेस सेन्टरले भित्तेपात्रो बिमोचन गरेको हो ।

बिमोचन कार्यक्रममा बोल्दै नेता बरालले भित्तेपात्रो प्रकाशन गर्नु महत्वपूर्ण कार्य भएकोले प्रेस सेन्टरले आफ्नो सिर्जनशिलता प्रस्तुत गरेको भन्दै धन्यवाद् दिए । संगठनको भित्तेपात्रोमा संगठनका जिल्लाका पदाधिकारीहरु, गुल्मीबाट प्रतिनिधित्व गर्ने प्रदेश एवम् केन्द्रिय सदस्यहरु, प्रेस सेन्टरबाट प्रतिनिधि भई पत्रकार महासंघका आवद्ध सदस्य, संगठनको इतिहास लगायतको बारेमा जानकारी दिइएको संगठनका जिल्ला सचिव हुमाकान्त पोखरेलले जानकारी दिए । त्यस्तै धुर्कोटको बिचित्र गुफा, कोतनजिकैको पैदल मार्ग, टिमुरे ताल लगायत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको पनि तस्बिर समेटिएको सचिव पोखरेलले बताए ।

संगठनलाई चलायमान एवम् सिर्जनशिल बनाउनका लागि संगठनले नयाँ बर्ष २०७९ सालको अवसरमा भित्तेपात्रो प्रकाशन गरेको हो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सिर्जना तरामु, प्रदेश समिति सदस्य बिर बहादुर कार्की, निम बहादुर पाण्डे लगायतका अन्य सदस्यहरु, जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसी, विभिन्न पालिकाका पार्टी अध्यक्षहरु, विभिन्न जनवर्गिय संगठनका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संगठनका जिल्ला अध्यक्ष तिलाचन पाण्डेको अध्यक्षता, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बरालको प्रमुख आतिथ्यता, संगठनका उपाध्यक्ष प्रकाश चालिसेको स्वागत तथा सचिव हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता