प्रत्येक वडामा एउटा नमुना विद्यालय र सडक पक्की गर्ने काम मुख्य प्राथमिकतामा :अर्याल



बैशाख २२ गुल्मी ।

नेकपा माओवादी केन्द्रका युवा नेता तथा मालिका गाउँपालिकाका गठबन्धनको तर्फ बाट अध्यक्ष पदमा साझा उम्मेदवार बनेका देवीराम अर्यालले आफ्नो पहिलो काम भनेको सबै वडामा एउटा नमुना विद्यालय बनाउने र गाउँपालिकाका मुख्य सडकको स्तर उन्नतिका साथै पक्की बनाउने रहेको बताएका छन । सामुदायिक रेडियो स्काई बाट प्रशारण हुने कार्यक्रम निर्वाचन विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

विशेषगरी पछिल्लो समय छोराछोरी पढाउनको निम्ति बसाइँसराइ भैरहेको बताउदै बसाइँसराइ रोक्न र गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन हरेक वडामा नमुना विद्यालय बनाउने आफ्नो योजना रहेको बताए । साथै मालिका गाउँपालिका भित्रका मुख्य सडकहरुको स्तर उन्नति गर्ने र पिजको प्रक्रिया अगाडी बढाउने उनले उल्लेख गरे ।
त्यस्तै बादर तथा बदेल आतंकलाई नियन्त्रण गर्दै किसानलाई निशुल्कु कृषि विमा उपलब्ध गराउने, घुम्ती शिविरको माध्यम बाट जनतालाई सेवा प्रवाह गर्ने, पालिका भित्र सुविधा सम्पन्न तथा गुणस्तरीय अस्पताल निर्माण गर्ने अर्यालले उल्लेख गरे ।

बेरोजगारी समस्याको समाधान गर्नको लागी विभिन्न कार्यक्रम अगाडी सार्ने आफ्नो लक्ष्य रहेको बताए ।
गाउँपालिकाको परिवेश तथा अबस्था अनुसार रोजगारका कार्यक्रम ल्याउने उनको भनाई रहेको छ। त्यस्तै गाउँपालिकाको वडा नम्बर सात घमिरको विद्युतमा सारै समस्या रहेको बताउदै विद्युतिकरणमा सुधार गर्ने र काठका पोल विस्थापित गरी सरल र सहज ढङ्गले विद्युत आपूर्ति गर्ने अर्यालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता