प्रचण्ड माधव समुह द्धारा प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र रोक्न चेतावनी !



पुष २७ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ ।

नेकपा ९दाहाल–नेपाल० समूहको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले निरंकुश र अधिनायकवादी चरित्र रोक्न तथा पूर्वप्रधान न्यायाधीशलाई नधम्क्याउन सुझाव दिएको छ ।

बैठकपछि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चार पूर्वप्रधानन्यायाधीशले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई आफ्नो चरित्र सुधार गर्न चेतावनी दिने निर्णय भएको बताए ।

‘चार पूर्वप्रधानन्यायाधीशले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनबारे संवैधानिक व्यवस्था के छ भनेर संयुक्त वक्तव्य दिनु भएकामा उहाँहरुलाई प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गर्नुभएको छ । यो कार्य अत्यन्तै आपत्तिजनक छ । आजको बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भत्र्सना गरेको छ,’ सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले भने ।

गत शुक्रबार संसद् विघटनको विरुद्धमा चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाको विरुद्धमा संसद् विघटन गरेको उल्लेख गरेका थिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्र अधिनायकवादी र निरंकुश चरित्रका रूपमा लिँदै त्यस प्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको छ ।’ यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता