प्यूठानमा जीप दुर्घटना, ४ जना घाइते



अनुज पछाई, प्यूठान ।

प्यूठान नगरपालिका ३ मटेङपोखरामा पिकअप जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन । बुधबार प्यूठान नगरपालिका ३ ओखरबोटदेखि रोल्पाको तेवाङ जादै गरेको से १ च १७ २२ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका थिए ।

घाइतेमध्ये प्यूठान नगरपालिका ३ ओखरबोटका ६० वर्षिय ज्ञान बहादुर सुनार र सोहि ठाउ बस्ने २१ वर्षिया हरि सुनारकोे जिल्ला अस्पताल प्यूठानमा सामान्य उपचारपछि घर फर्केका छन भने प्यूठान नगरपालिका ३ सापडाडाका वर्ष २० का सवारी चालक अनिल सुनार र ओखरबोट का ४२ बर्षिया ज्ञान बहादुर सुनारको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

उपचारत २ जनाको पनि अबस्था सामान्य रहेको जिल्ला अस्पताल प्यूठानले जनाएको छ । जीप बाटोदखि करिब ६० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता