प्युठानमा बाख्रा चराउन गएका दुई बालिका नदीमा बगेर बेपत्ता



 

साउन ५ ।

प्युठानमा नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका  -४ बैके बस्ने बोम बहादुर थापा मगरका ८ बर्षीया छोरी विपना थापा मगर र मान्द्रे बस्ने नुम बहादुर थापा मर्साङी मगरका ७ बर्षीया छोरी सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख (डिएसपी)सुनील मल्ले जानकारी दिए ।

स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले बताए ।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको बेपत्ता भएतापनि जिल्ला प्रहरी कार्यालय प्युठान समक्ष भने ८ बजे जानकारी आएको प्युठान प्रहरीले जनाएको छ। उनिहरुको स्थानीय बासी र प्रहरी द्धारा खोजी कार्य जारी राखीएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता