प्युठानमा ढुङ्गाले हानेर साथीको हत्या



१ कार्तिक, प्युठान।

प्युठानमा आफ्नै साथीको ढुंगाले हानेर हत्या गरिएको छ । स्वर्गद्धारी नगरपालिका वडा नम्वर पाँच सारीमा ३५ वर्षीय बिर बहादुर परियालाई ६० वर्षिय चोचे कामीले बाटोमा हिड्ने क्रममा ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

ढुंगा प्रहारबाट गम्भीर घाईते भएका परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको बताइएको छ ।

ढुंगा प्रहार गरी हत्या गर्ने चोचे कामीलाई प्युठान प्रहरीले नियन्तणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक पोषण राज ढकालले बताए ।

मदिरा सेवनका कारण घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता