पिएचडी स्कलर भट्टराईको युनियन सचिवमा आकांक्षा



माघ- २ गुल्मी ।

नेपाली कांग्रेस निकट कर्मचारीहरुको साझा संस्था नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशनको सरगर्मी बढेको छ। आगामी माघ ८, ९ र १० गते काठमाडौंमा हुन गहिरहेको महाधिवेशनमा जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष र महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

कोभिडको संक्रमण तिब्र हुँदै गर्दा सरकारले २५ जना भन्दा बढी सहभागी हुने कार्यक्रम नगर्न आग्रह गरेको भएपनि स्वास्थ्य मापदण्ड पुरा गरी तोकिएकै मितिमा महाधिवेशन गरिने युनियनले जनाएको छ ।
आठौ महाधिवेशनबाट युनियनको केन्द्रीय नेतृत्वमा आउन उम्मेदवारी घोषणा हुने क्रम सुरु भएको छ। यसैबीच राजनीति शास्त्रमा विद्यावारिधि गर्दै गरेका कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष रहिसकेका प्रकाश भट्टराईले पनि युनियनको सचिवमा उठ्ने विचार रहेको जनाएका छन्। यस विषयमा प्रकाश भट्टराईले भने ” मैले अझै यही पदमा उठ्ने भनेर निर्णय गरिसकेको छैन, देशभरका साथीहरुसँग सल्लाह गर्दैछु केहि दिनमा केन्द्रीय नेताहरुसँग समेत परामर्श गरी उम्मेदवारी घोषणा गर्नेछु ” ।
कर्मचारी युनियन अर्घाखाँचीको अध्यक्ष हुँदा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई झण्डै दोब्बर मतले विजयी बनाएका भट्टराईले राजपत्र अनंकित कर्मचारी संरक्षण अभियान (नायब सुब्बा बचाउ अभियान)को नेतृत्व गर्दै माग स्थापित गराउन क्रियाशील रहँदै आएका छन्।
निजामती सेवा प्रवेश गरेसँगै जिल्ला स्तरीय युनियनका क्रियाकलापमा सक्रिय हुँदै जिल्लालाई सफल नेतृत्व प्रदान गरेको अनुभव भएकोले नेपाल निजामती कर्मचारी युनियनलाई देशभरमा कसरी प्रथम बनाउन सकिन्छ भन्ने खाका र योजना आफूसँग भएकोहुँदा युनियनको आसन्न महाधिवेशनबाट उपयुक्त भूमिका निर्वाह गर्न सक्ने गरी केन्द्रीय समितिमा आउन खोजेको उनले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता