पाञ्चायन माविका शिक्षक पाण्डे द्वारा, विपन्न छात्राको एक वर्षको शैक्षिक खर्च ब्यहोर्न



भदौ -२ गुल्मी ।

धुर्कोट गाउँपालिका -४ स्थित पाञ्चायन माध्यमिक विद्यालयका शिक्षक ऋषिराम पाण्डेले उदाहरणी कार्य गरेका छन ।
पछिल्लो समय आफ्नो जन्म दिनमा फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको समयमा पाण्डेले जन्म दिनमा गरिने फजुल खर्च कटौती गरी एक विपन्न परिवारकी छात्राको एक वर्षको शैक्षिक खर्च ब्यहोर्न भएका हुन ।
गाउँपालिकाको वडा नम्बर पाँच वस्तु स्थित हिमालय माविमा कक्षा तिनमा अध्ययनरत पवित्रा सुनारको वर्ष भरिको शैक्षिक खर्च ब्यहोर्दै (आज) मङलवार सोहि विद्यालयमा झोला,कपि ,कलम, जुत्ता , प्रदान गरेका हुन । आर्थिक अवस्थाका कारण पढन बाट बञ्चित हुने अवस्थामा पुगेकी विद्यार्थीलाई आफुले सानो सहयोग गरेको शिक्षक पाण्डेको बताए ।
त्यस्तै हिमाल माविका प्रधानाध्यापक मदन कुमार सिंहले शिक्षक ऋषि राम पाण्डेलाई धन्यवाद दिदै विपन्न जेहेन्दार विद्यार्थीले उत्कृष्ट अंग लिए विद्यालयले नि :शुल्क अध्यापन गराउन सक्ने उल्लेख गरे । त्यस्तै वडा अध्यक्ष ढुणीराज भण्डारीले शिक्षक ऋषि राम पाण्डेले गरेको कार्य हामी सबैले सिक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ गुल्मीका जिल्ला कार्य समिति सदस्य हुमाकान्त पोख्रेल,डिबि खड्का लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता