पहिरो ग्रस्त सत्यवतीमा सहयोग जुट्दै, ईन्जिनियर एसोसिएसनबाट २ लाख ५० हजार सहयोग



पहिरो ग्रस्त क्षेत्र गुल्मीको सत्यवती गाउँपालिकालाई यति बेला चारै तिरबाट आर्थिक सहयोग जुट्न थालेको छ । यसै बिच मङ्गलबार नेपाल ईन्जिनियर एसोसिएन प्रदेश नम्वर ५ ले नगद २ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

ईन्जिनियर एसोसिएन प्रदेश नम्वर ५ का अध्यक्ष कुसुमराज ज्ञवाली नेतृत्वको टोलीले पहिरो ग्रस्त क्षेत्र सत्यवतीको वडा नम्वर ३ र ४ मा स्थलगत अध्ययन समेत गरेको ईन्जिनियर एसोसिएन प्रदेश नम्वर ५ की सदस्य तथा गाउँपालिकाकी ईन्जिनियर सुजता ढकालले सल्लेरी खबरलाई बताईन । जोखिम युक्त ठाउँको अध्ययन गरि उचित परार्मश समेत दिईएको ईन्जिनियर ढकालको भनाई रहेको छ ।

त्यस्तै, धुर्कोट गाउँपालिकाले पनि २ लाख १० हजार आर्थिक सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताएका छन् । मङ्गलबारनै मुसिकोट उद्योग वाणिज्य संघ ले ५५ हजार १ सय ३०, आँपचौर युवा समुह मुसिकोटले ५१ हजार ३ सय ५० , ब्रिटिस गोर्खा ट्रेडर्सद्वारा पनि ३० हजार आर्थिक सहयोग र मृतक प्रति आश्रित परिवारको रेखदेख गर्ने प्रतिबद्धता व्यक्त गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

यसैगरी बालयोगेश्वर महाराजले ११ हजार आर्थिक सहयोगसँगै राहत सामग्री प्रदान गरेको प्रमुख प्रशासकीय अधिकुत यादव भण्डारीले सल्लेरी खबरलाई बताए ।

अविरल वर्षासँगै गएको पहिरोका कारण वडा नम्वर ३ र ४ का गरी १३ जनाले ज्यान गुमाएका थिए भने ७ सय २५ घरधुरी विस्थापित भएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता