पत्रकार र आयोजक बिच मैत्रीपुर्ण खेल बाट सुरु भयो ६१ हजार राशिको खुल्ला भलिबल प्रतियोगिता !



चैत १३ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका -५ स्थित न्यु मालिका युवा क्लब द्वारा आयोजित खुल्ला भलिबल तथा विविध कार्यक्रमको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
आज एक औपचारिक समारोहका बिच गाउँपालिका अध्यक्ष देवीराम अर्यालले कार्यक्रमको उद्घाटन गरेका हुन ।
उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अर्यालले क्लबले आयोजना गरेको भलिबल खेल तथा विविध साँस्कृतिक कार्यक्रमले खेल र कला संस्कृतिको जगेर्ना गर्नुका साथै पत्रकार महासंघ सङ आयोजना गरिएको मैत्रीपुर्ण भलिबल खेलले खेल र खेलाडीलाई प्रोत्साहन गरेको बताए ।
आयोजक र पत्रकार महासंघ बिचको मैत्रीपुर्ण खेल १-१ को बराबरीमा सकिएको छ ।
पहिलो सेट आयोजकले आफ्नो पक्षमा पार्यो भने दोस्रो सेट पत्रकार महासंघ गुल्मीले आफ्नो पोल्टमा पार्न सफल भयो तर तेस्रो तथा अन्तिम खेल भने मौसमका कारण हुन सकेन ।
खेल पछि संक्षीप्त प्रतिक्रिया दिदै पत्रकार महासंघ गुल्मीका सह- सचिव तिलाचन पाण्डेले आयोजकलाई धन्यवाद दिदै न्यु मालिका युवा क्लबले भलिबल खेल र खेलाडीको प्रोत्साहनको निम्ति नयाँ अभ्यास गरेको बताए ।
त्यस्तै क्लबका अध्यक्ष लोकेश गिरीले मैत्रीपुर्ण खेलले भलिबल खेललाई प्रबर्द्धन गरेको प्रतिक्रिया दिए ।

 

खेल पछि हात मिलाउदै खेलाडीहरु ।

“खेलौँ, स्वस्थ बनौँ मालिका बासिको सान कला संस्कृति संरक्षण हाम्रो पहिचान ” भन्ने मुल नाराका साथ आज देखि १५ गते सम्म मालिका गाउँपालिका ४ सैरेपोखरामा विविध प्रतियोगिता सञ्चालन हुनेछ ।

खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले ६१ हजार एक सय ६१ नगदसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुनेले ४१ हजार एक सय ४१ मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष लोकेश गिरीले दिए ।
त्यस्तै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले सँराय नाच प्रतियोगिताको पनि आयोजना गरिएको छ ।
जसमा प्रथम हुने समूहले नगद ५,५५५ र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै द्वितीयत स्थान प्राप्त गर्ने समूहले नगद ३,३३३ र प्रमाणपत्र प्रदान गरिने छ।
साथै व्यक्तिगत रुपमा उत्कृष्ट सँराय नाच नाच्ने १५ जनालाई मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै एकल नृत्य तर्फ प्रथम हुनेले ४,४४४ प्रमाणपत्र प्राप्त गर्दा ,द्वितीय हुनेले ३,३३३ र तृतीय हुनेले २,२२२ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन ।

खेल पछि सामुहिक तस्विर खिंचाउदै दुवै पक्षका खेलाडीहरु ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता