पत्रकार महासंघ गुल्मीद्धारा तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिन्डर प्रदान 



सूर्य सुनार-जेठ १ ,गुल्मी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले अक्सिजन अभाव हुन् नदिनका लागि शनिबार तम्घास अस्पताललाई वीस थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई शनिबार बीस थान अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले वीस थान सिलिन्डर अक्सिजन प्रदान गरेको प्रति डाक्टर पच्याले धन्यवाद व्यक्त गरे ।
अक्सिजन अभाव हुन नदिन नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन अभियान सञ्चालन गरेको छ । यो अभियानमा सबैले सहकार्य गरी सहयोग गर्न अर्यालले आग्रह गरे । अक्सिन अभियानमा शनिबार विहानसम्म झण्डै २५ लाख संकलन भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता